काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जुवान लापोर्टाले लियोनल मेस्सी फर्काउने योजना नरहेको बताएका छन्।
बार्सिलोनाका पूर्व कप्तान मेस्सी गत समरमा फ्रेन्च क्लब पीएसजी गएका थिए । पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि मेस्सी बार्सिलोना फर्कने चर्चा चलेको थियो ।
तर, अध्यक्ष लापोर्टाले मेस्सी फर्काउने विषयमा कुनै चासो नराखेको बताएका छन् ।
'मैले मेस्सी वा उनको क्याम्पबाट बार्सिलोना फर्कने सम्भावनाको बारेमा कुनै सन्देश प्राप्त गरेको छैन,' लापोर्टाले भनेका छन्, 'अहिले हामी यो मुद्दा उठाउने छैनौं।'
अध्यक्ष लापोर्टाले क्लबले अहिले युवा टोलीलाई समेटेर राम्रो टोली बनाउन लागिपरेको बताए ।
'हामी मेस्सी पुनरागमनबारे सोचिरहेका छैनौं। युवा खेलाडी र अनुभवको मिश्रणको साथ नयाँ टोली निर्माण गर्दैछौं,' उनले थपे, 'तर, लियो, लियो नैहो र उहाँ सधैं विजेता हुनुहुनेछ ।'
मेस्सीले पीएसजीमा पुरानो लयमा खेल्न सकिरहेका छैनन् । त्यसैले उनको आलोचना हुँदै आईरहेको छ ।