नवराज चौलागाईं
निजगढ । आयोजक नवजनजागृति युवा क्लव बारामा जारि जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सुदूरपश्चिम-११ लाई १-० गोल अन्तरले पराजित गर्दै नवजनजागृति प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
नवजनजागृतिको जितमा खेलको ५० औं मिनेटमा सुनिल खड्काले निर्णायक गोल गरे ।
खेलको म्यान अफ द म्याच नवजनजागृतिका गोलकर्ता सुनिल घोषित भए । म्यान अफ द म्याच घोषित सुनिलले पांच हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार बाग्मती युवा क्लब सर्लाही र साबिक बिजेता संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।