नवराज चौलागाई
निजगढ । बारा-११ निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा निजगढ रातोलाई टाईब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै बार -११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको तेस्रो मिनेट मै संजय चौधरीले गोल गर्दै बारालाई सुरुआती अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको १८ औं मिनेटमा निजगढका श्याम कुमरले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । तर ३२ औं मिनेटमा राजकिशोर चौधरीले गोल गर्दै पुनः बारालाई अग्रता दिलाए ।
पहिलो हाफमा पछी परेको निजगढले दोश्रो हाफमा पुनः खेललाई बराबरीमा ल्यायो । ६९ औं मिनेटमा श्याम कुमरले व्यक्तिगत दोश्रो गोल गर्दै निजगढलाई २—२ को अवस्थामा पुर्याए । निर्धारित समय बराबरीमा सकिएपछी खेल टाईब्रेकरमा धकेलिएकोथियो । टाईब्रेकरमा निजगढका जेम्स धामीले प्रहार गरेको पेनाल्टी बारा एघारका गोलरक्षक राजिब चौधरीले बचाउ गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए ।
खेलको म्यान अफ द म्याच बारा एघारका गोलरक्षक राजिब चौधरी घोषित भए । म्यान अफ द म्याच घोषित चौधरीले दुई हजार रुपैंया प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलबार हरिवन फुटबल क्लव सर्लाही र नवजनजागृति युवा क्लब सिमरा बाराबीच प्रतिस्पर्धा हुनेछ ।