काठमाडौं । प्रथम मनासलु कप सेभेन ए साइड फुटबल हुने भएको छ ।
बारपाक सुलिकोट गाउपालिका बहाकोटमा चैत २५ गतेबाट प्रतियोगिता हुने भएको हो ।
मनासलु युवा क्लब बहाकोटको आयोजनामा हुने प्रतियोगिताको विजेता ५५ हजार ५ सय ५५ नगद प्राप्त गर्ने छन् ।
यस्तै दोस्रो हुनेले ३५ हजार ५ सय ३५ प्राप्त गर्ने छन् ।
खेलमा उत्कृष्ट खेलाडी, गोलकर्ता, गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ।