इलाम । साविक विजेता नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
सोमबार क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित समयमा दुवै टोलबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस सेमीफाइनल पुगको हो ।
टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । क्यामरुनी टोलीका लागि मार्सेल, बेल, टोबेट र मार्टिनले टाइब्रेकरमा गोल गरे ।
खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए । उनले नगद दश हजार प्राप्त गरे ।

अब पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।
मंगलबारको पहिलो सेमिफाइनल खेल मनाङ मर्स्याङ्दी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच खेल हुनेछ ।
क्वाटरफाइनलमा मनाङले बागमती युथ क्लबलाई पराजित गरेको थियो भने मानेभञ्ज्याङले आर्मीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।