काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब र श्री भगवती क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा टुसाल र श्री भगवतीले १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ४३ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा बिक्रम ओलीले गोल गर्दै टुसाललाई हारबाट जोगाए ।
बराबरीससँगै श्री भगवतीले ९ खेलमा १४ अंक जोडेको छ।
श्री भगवती चौंथो स्थानमा रहेको छ ।
टुसाल ९ खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।