काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लबले जित निकालेको छ ।
चितवनको भरतपुरमा सोमबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
खेलको ५१ औं मिनेटमा प्रिती राईले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
त्यसपछि खेलको इन्जुरी समयमा सावित्रा भण्डारीले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।
चोटबाट मुक्त हुँदै खेलमा फर्किएपछि सावित्राको यो पहिलो गोल हो ।
जितसँगै एपीएफले २ खेलमा ६ अंक जोडेको छ ।
एपीएफ दोस्रो स्थानमा रहेको छ ।
पुलिस ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
लिगमा ८ टिमको सहभागिता रहेको छ ।
लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गरिरहेका छन् ।