काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा धनगढी उपमहानगरपालिकाले जित निकालेको छ ।
चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले हराएको हो ।
धनगढीले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको ४४ औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बिर्शना चौधरीले गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याए।
त्यसपछि पहिलो हाफको इन्जुरी समयकै चौंथो मिनेटमा चन्द्र भण्डारीले गोल गर्दै धनगढीलाई २-१ को जित दिलाए ।
लिगमा ८ टिमको सहभागिता रहेको छ ।
लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले प्रतिस्पर्धा गरिरहेका छन् ।