• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालको सुखद सुरुआत
खेलपाटी संवाददाता
सोमबार, चैत १४, २०७८ खेलपाटी संवाददाता
नेपालको सुखद सुरुआत

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो ।

यस जितसँगै नेपालले पीएनजीविरुद्ध एकदिवसीय सिरिजमा व्यहोरेको हारको बदला समेत लिएको छ । नेपालले दुई खेलको एकदिवसीय सिरिज २-० ले गुमाएको थियो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

१२ ओभरमा ७ विकेट गुमाएको पीएनजीलाई नोरमान भानुअको आक्रामक इनिङ खेल्दै पीएनजीलाई जित नजिक पुर्याएका थियो । भानुअले ५२ रनको आक्रामक अर्धशतकीय इनिङ खेल्दा पीएनजी जित नजिक पुगेको थियो ।

१९ औं ओभरको पाँचौं बलमा एलबीडब्लु धरापमा पार्नुअघि भानुअले २९ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ५२ रन बनाए ।

१०० रन मा ७ विकेट गुमाएको पीएनजीलाई भानुअ र चाड सोपरले ६७ रनको आक्रामक साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । इनिङ दोस्रो ओभरमा करण केसीले ओपनर टोनी उरालाई आउट गर्दै नेपाललाई सानदार सुरुआत दिलाए ।

उरालाई ५ रनमा लोकेस बमको हातबाट क्याच गराए । अर्का ओपनर लेगा सिएकालाई सोमपाल कामीले आरिफको हातमा क्याच थमाए ।

आक्रामक ब्याटिङ गरेका लेगाले १० बलमा ३ चौका र १ छक्काको मद्दतमा २१ रन बनाए । पीएनजीका कप्तान असद भाला १४ बलमा ७ रन बनाउँदा सन्दीप लामिछानेले आउट गरे । चार्ल्स अमिनीलाई २२ रनमा अविनास बोहराले बोल्ड गर्दा सेसे बाउलाई ३० रनमा सन्दीपले एलबीडब्लु धरापमा पारे ।

रिले हेकुरे ३ रन बनाउँदा जासन किलाले रनको खाता खोल्न सकेनन् । चाड सोपरले १३ रनको अविजित इनिङ खेले ।

नेपालको जितमा करण र सन्दीप लामिछानेले ३/३ विकेट लिए । अविनास बोहराले २ विकेट र सोमपालले १ विकेट हात पारे ।

यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए ।  

आक्रामक सुरुवात गरेका ओपनर कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । खेलको पहिलो बलमा छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका भुर्तेल दोस्रो बलमा रनआउट हुनबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा उनी २० रन बनाउँदा सहज रनआउट भए ।   

दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो । आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । अलेइ नाओको बलमा एज लागेर किपरको हातबाट आउट हुँदा आफ्नो दोस्रो अर्धशतकबाट ७ रनले पछि परे । 

रोहितले ३४ रन बनाए । चाड सोपरको बलमा एज लागेर क्याच हुनु अघि २६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

रोहित र आसिफले बाहेक अन्य खेलाडीले ठुलो साझेदारी गर्न सकेनन् । 

आक्रामक सुरुवात गरेको नेपालले ११ औं ओभरमा १ विकेट गुमाएर १ सय ४ रन बनाएको अवस्थाबाट थप ३० रन जोड्न ५ विकेट गुमायो । नेपालले १२ औं ओभर देखि १६ औं ओभरसम्म हरेक ओभरमा   विकेट गुमाउन पुग्यो ।  

आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए । 

दिपेन्द्र सिंह ऐरी ४ रनमा पेभिलियन फर्किए । चार्ल्स अमिनीको बलमा रिभर्स सट हान्ने प्रयास गर्दा असद भालाको हातबाट क्याच आउट भए ।  

रिले हेकुरेको स्लोवर बलमा बोल्ड भएका कुशल मल्लले १ चौका र १ छक्का प्रहार गर्दा ११ रन मात्र बनाए ।  लोकेश बमले ४ बलमा १ चौकाको मद्दतमा ५ रन जोड्दा आउट भए । 

१४ रन बनाएका करण केसीले नाओको फुलटस बलमा क्याच हुनु अघि २ छक्का प्रहार गरेका थिए । सोमपाल कामीले ४ बल खेल्दा मात्र १ रन बनाउन सके । 

सन्दीप लामिछाने २ बलमा १ रन बनाउँदा अविजित रहे । 

पीएनजीका चार्ल्स अमिनी, अलेइ नाओ र चाड सोपरले २/२ विकेट लिए । नोरमान भानुअ र रिले हेकुरेले १/१ विकेट हात पारे ।

अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ ।

सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ । 

नेपालले पहिलो खेलमा २ अंक जोडेको छ ।

नेपाल शीर्ष स्थानमा रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP