काठमाडौं । वैदेशिक रोजगारीसँगै फुटबल सक्रिय युएईका नेपाली फुटबल खेलाडीहरु संगठित भएका छन् ।
युएईमा रहेका नेपाली फुटबल खेलाडीहरु संगठित हुँदै युएई नेप्लिज ग्रुपको तदर्थ समिति गठन गरिएको छ ।
मुक्ति गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो ।
अतिरिक्त समयमा विभिन्न खेलकुद गतिविधिमा सक्रिय नेपाली खेलाडीहरुको वृद्धि/विकास, हित एवम् उचित मुल्यांकन गर्ने लक्ष्यसहित ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
युएईका विभिन्न राज्यमा छरिएर रहेका नेपाली खेलाडीहरुको भेलाबाट चयन गरिएको तदर्थ समितिको उपाध्यक्षमा अनिल शेर्पा, द्वितीय उपाध्यक्ष चक्र तिमल्सिना, कोषाध्यक्ष कुल लेप्चा र सचीवमा कमल गुरुङ चयन भएका छन। यसैगरी प्रवक्तामा भरत क्षेत्री, खेलकुद संयोजकमा राहुल श्रेष्ठलाई चयन गरिएको छ।
यस्तै प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठ रहेका छन् । नवगठित तदर्थ समितिले आगामी ३० दिनभित्र बाँकी पदहरुका लागि पदाधिकारी चयन गर्नुको साथै वार्षिक कार्ययोजना तयार पार्ने नवगठित समितिका खेलकुद संयोजक राहुल श्रेष्ठले जानकारी दिए।
एसोसिएसनले प्रतिभावन खेलाडीहरुलाई खेलक्षेत्रमा निरन्तरता दिन प्रोत्साहन गर्दै नियमित रूपमा विभिन्न खेलकुद गतिविधिहरु आयोजना गर्ने बताईएको छ।