काठमाडौं । बाँसबारी युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बाँसबारीले नयाँबस्ती युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको चौंथो मिनेटमा बिकी राईले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२५ औं मिनेटमा सुलेमान थापा मगरले गोल गर्दै बाँसबारीलाई २-० को अग्रता दिलाए ।
खेलको ३२ औं मिनेटमा सोम थापाले गोल गर्दै नयाँबस्तीलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा संजय धिमालले गोल गर्दै बाँसबारीलाई ३-१ को जित दिलाए ।
जितसँगै बाँसबारीले ९ खेलमा १३ अंक जोडेको छ।
नयाँबस्तीले ९ खेलमा १३ अंक नै जोडेको छ ।