काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा खुमलटारले विरगंज युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
छैटौं मिनेटमा कप्तान सबिन केसीले पेनाल्टीबाट गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको १३ औं मिनेटमा आशा लाल कुँवरले गोल गर्दै विरगंजलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा रमेश थापाले गोल गर्दै खुमलटारलाई २-१ को जित दिलाए ।
जितसँ खुमलटारले ९ खेलमा १२ अंक जोडेको छ।
विरगंजले ९ खेलमा १० अंक जोडेको छ ।