काठमाडौं । फिफा विश्वकप छनोटमा मेक्सिकोले साँघुरो जित निकालेको छ ।
सोमबार बिहान भएको खेलमा मेक्सिकोले होन्डुरसलाई १-० गोल अन्तरले हराएको हो ।
मेक्सिकोलाई जित दिलाउन एड्सन अल्भारेजले निर्णायक गोल गरे ।
अल्भारेजले खेलको ७० औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै मेक्सिकोले विश्वकपमा छनोट हुने सम्भावना जिवितै राखेको छ ।
कोनकाफ क्षेत्रमा मेक्सिकोले १३ खेलमा २५ अंक जोडेको छ ।
मेक्सिको तालिकाको तेस्रो स्थानमा रहेको छ ।
होन्डुरस ४ अंक जोडेर पुछारमा रहेको छ ।