काठमाडौं । फिफा विश्वकप छनोटमा अमेरिकाले सहज जित निकालेको छ ।
सोमबार बिहान भएको खेलमा अमेरिकाले पानामालाई ५-१ गोल अन्तरले हराएको छ ।
यस जितसँगै अमेरिका विश्वकप छनोट नजिक पुगेको छ ।
अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले ह्याट्रिक पूरा गरे ।
खेलको १७ औं मिनेटमा पुलिसिचले पेनाल्टीबाट गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा पाउलले अमेरिकाको अग्रता दोब्बर बनाए ।

खेलको २७ औं मिनेटमा जेसस फेरिराले गोल गर्दै अमेरिकाको अग्रता ३-० को बनाए ।
पहिलो हाफको इन्जुरी समयमा पुलिसिचले पेनाल्टीबा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए ।
खेलको ६५ औं मिनेटमा पुलिसिचले ह्याट्रिक पूरा गर्दा अमेरिका ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा पानामाका एनिबल गोडोयले गोल गरेपनि अमेरिका ५-१ ले विजयी भयो ।
जितसँगै कोनकाफ क्षेत्रमा अमेरिकाले १३ खेलमा २५ अंक जोडेको छ ।
अमेरिका दोस्रो स्थानमा रहेको छ ।
पानामा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।