काठमाडौं । क्यानडा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।
विश्वकप छनोट अन्तर्गत आइतबार राति जमैकालाई ४-० गोल अन्तरले हराउँदै क्यानडा विश्वकपमा छनोट भएको हो ।
क्यानाडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यस अघि क्यानडाले १९८६ मा विश्वकप खेलेको थियो ।
खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै क्यानडालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा टाजोन बुचाननले गोल गर्दै क्यानडालाई २-० को अग्रता दिलाए ।
८२ औं मिनेटमा जुनियर होइलेटले गोल गरेपछि क्यानडाको अगता तेब्बर बन्यो ।
त्यसपछि खेलको ८८ औं मिनेटमा जमैकाका एड्रियन मारिप्पाले आत्मघाती गोल गरेपछि क्यानडा ४-० ले विजयी भयो।
जितसँगै कोन्काफ क्षेत्रको छनोटमा क्यानडाले १३ खेलमा २८ अंक जोडेको छ ।
क्यानडा शीर्ष स्थानमा रहेको छ ।
जमैका ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।