नवराज चौलागाईं
निजगढ । नेपाल एपीएफ क्लव बारामा जारि जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईतबार भएको खेलमा हिमालयन शेर्पालाई ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो।
दिपेश धिमालले २७ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा बिकी तामाङले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
एपीएफका दिपेश धिमालले हिमालयन शेर्पाका बिकास मेराग्लियालाई डिबक्स भित्र लडाएपछी प्राप्त पेनाल्टीमा कप्तान विश्वाश श्रेष्ठले गोल गर्दै एपीएफसंगको गोल अन्तर घटाएका थिए । तर अर्मान्ड बेडमले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाए ।
दोश्रो हाफमा हिमालयन शेर्पाले खेलमा फर्किने थुप्रै प्रयास गर्यो । ६८ औं मिनेटमा हिमालयन शेर्पाका विश्वाश श्रेष्ठले गोल गर्दै एपीएफसंगको गोल अन्तर घटाएपनि थप गोल गर्न नसक्दा हिमालयन शेर्पा प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ ।
खेलको म्यान अफ द म्याच एपीएफका लागि उत्कृष्ट प्रदर्शन गरेका अर्मान्ड बेडम घोषित भए । बेडमले ट्रफी सहित ५ हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत सोमबार सुदूरपश्चिम एघार र आयोजक नवजनजागृति युवा क्लव सिमरा बारा बीच प्रतिस्पर्धा हुनेछ ।