आर्मी र विराटनगरको जित
आइतबार, १३ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगर महानगरपालिकाले जित निकालेका छन् ।
चितवनको भरतपुरमा आइतबार भएको खेलमा आर्मीले ललितपुर महानगरपालिकालाई ७-० गोल अन्तरले हरायो।
आर्मीलाई जित दिलाउन शर्मिला थापा मगर र रश्मी घिसिङले २/२ गोल गरिन ।
विमला चौधरी र कुशुम खतिवडाले १/१ गोल गरे ।
ललितपुरका सिर्जना सिंहले एक आत्मघाती गोल गरिन ।
अर्को खेलमा विराटनगरले वालिङनगरपालिकालाई ३-१ ले हराएको छ ।
विराटनगरको जितमा मिना खातुनले २ गोल गर्दा अश्मिता चौधरीले १ गोल गरिन ।
वालिङकी सुस्मिता तामाङले एक गोल फर्काईन ।
आर्मी र विराटनगरको जित







-1775701512962.webp&w=3840&q=75)





