इलाम । डिफेन्डिङ च्याम्पियन रेडहर्ष फुटबल क्लबले दोश्रो साखेजुङ गोल्डकपको उपाधि रक्षा गरेको छ ।
इलाम नगरपालिका–१ साखेजुङमा आयोजित प्रतियोगितामा पशुपतिनगरलाई २-१ गोल अन्तरले हराउँदै रेडहर्षले उपाधि रक्षा गरेको हो ।
खेलको सुरुवाती अग्रता रेडहर्षले लिएको थियो । पहिलो हाफको सातौं मिनेटमा विनोद धमलाले अग्रता दिलाएका थिए । ५० औं मिनेटमा सुमन धमलाले अग्रता दोब्बर बनाए । दोश्रो हाफको २८ औं मिनेटमा दिवस खापुङले पशुपतिनगरको लागि सान्तवाना गोल फर्काए ।
उपाधिसँगै रेडहर्षले १ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेको छ । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका सदस्य गोपालकुमार बस्नेतले पुरस्कार प्रदान गरेका थिए ।
उपविजेता बनेको पशुपतिनगरलाई ७० हजार २ सय २२ सहित शिल्ड, मेडल र प्रमाणपत्र वडाध्यक्ष अम्बिका गौतमले प्रदान गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रेडहर्षका गोलरक्षक सौरभ सुवेदी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । उनलाई झापा गोल्डकपका अध्यक्ष एवम युवा व्यवसायी विनोद बस्नेतले नगद र ट्रफी प्रदान गरे ।
४ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भएका पशुपतिनगरका शेखर राईलाई नगद र ट्रफी माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले प्रदान गरे ।
खेलको म्यान अफ दि म्याच पशुपतिनगरकै सचिन योल्मो घोषित भए । उनलाई इलाम नगर खेलकुद विकास समितिका अध्यक्ष विनोद श्रेष्ठले नगद र ट्रफी प्रदान गरे ।