मछिन्द्रलाई हराउँदै पिप्ले च्याम्पियन
आइतबार, १३ चैत्र २०७८खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । मकवानपुरको पिप्ले युवा क्लबले छैठौं संस्करणको राजर्षी जनक गोल्डकपको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-३ गोल अन्तरले हराउँदै पिप्ले च्याम्पियन बनेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
उपाधिसँगै पिप्लेले १० लाख १ हजार प्राप्त गरेको छ । मछिन्द्रले ५ लाख ५ सयमा चित्त बुझायो ।
मछिन्द्रलाई हराउँदै पिप्ले च्याम्पियन







-1775701512962.webp&w=3840&q=75)





