काठमाडौं । सामाजिक युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा सामाजिकले चर्च ब्वाइज क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
सामाजिकको जितमा सुरेश खत्रीले निर्णायक गोल गरे ।
जितसँगै सामाजिकले ९ खेलमा १० अंक जोडेको छ ।
चर्चले ९ खेलमा १७ अंक जोडेको छ ।
यस्तै अर्को खेलमा श्री कुमारीले मध्यपुर युथ एसोसियनलाई २-१ ले हराएको छ ।
श्री कुमारीको जितमा ओम प्रकाश सिंह र राज भुसालले एक एक गोल गरे ।
मध्यपुरका धिरज श्रेष्ठले एक गोल फर्काए ।
जितपछि श्री कुमारीले ९ खेलमा १३ अंक जोडेको छ ।
मध्यपुरले ९ खेलमा १० अंक जोडेको छ ।