काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण फुटबलमा अहिले थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
चोनबुरीमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल घरेलु टोलीसँग १-० ले पछाडी परेको छ ।
नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।
एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।