काठमाडौं । चोनुबरी एफसीसँग खेल्ने नेपालको सुरुआती ११ सार्बजनिक भएको छ ।
प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले आज महत्वपुर्ण खेलाडी हरुलाई आराम दिंदै सुरुआती ११ घोषणा गरेका हुन् ।
टोलीको कप्तानी आज अनन्त तामाङले गर्नेछन ।
टोलीमा दीप कार्कीले गोल्पोष्ट सम्हाल्ने छन् । सुमन अर्याल ,आशिस लामा ,प्रशान्त अवस्थी आक्रमणमा रहदा सन्तोष तामाङ, सुवास गुरुङ र एरिक विष्टले मिडफिल्ड बाट साथ दिने छन् ।
यस्तै डिफेन्समा नबिन गुरुङ, अनन्त तामाङ, दिनेश राजबंशी र गौतम श्रेष्ठ रहेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको चोनब्री एफसीसँग खेल्दै छ । चोनबुरी त्यहाँको शीर्ष डिभिजन क्लब हो ।
यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलमा भने २–० ले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेल टुंग्याउने लक्ष्यमा रहने छ ।