आरसिटीको सहज जित
आइतबार, १३ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । रानीपोखरी कर्नर टिम आरसिटीले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा आइतबार आरसिटीले झम्सिखेल युथ क्लबलाई ३-० ले हराएको हो ।
खेलको ७ औं मिनेटमा प्रज्वल गुरुङले गोल गर्दै आरसिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२२ औं मिनेटमा विश्व थापा मगरले गोल गर्दै आरसिटीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि ४६ औं मिनेटमा प्रज्वलले व्यक्तिगत दोस्रो गोल गर्दै आरसिटीलाई ३-० को जित दिलाए ।
जितसँगै आरसिटीले ९ खेलमा १५ अंक जोडेको छ।
झम्सिखेलले ९ खेलमा ६ अंक जोडेको छ ।
आरसिटीको सहज जित







-1775701512962.webp&w=3840&q=75)





