बराबरीमा रोकियो बेल्जियम
आइतबार, १३ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियम बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बेल्जियमले आयरल्याण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको २२ औं मिनेटमा मिची बात्सुआइले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३५ औं मिनेटमा चिडोजी ओग्बेनेले गोल गर्दै आयरल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ५८ औं मिनेटमा हान्स भानाकेनले गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा एलन ब्राउनीले गोल गर्दै आयरल्याण्डलाई २-२ गोलको बराबरीमा ल्याए ।
बराबरीमा रोकियो बेल्जियम







-1775701512962.webp&w=3840&q=75)





