काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले जित निकालेको छ ।
शनिबार राती भएको खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई २-१ गोल अन्तरले हराएको हो ।
इंग्ल्यान्डले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको २२ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाए ।