काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले डेनमार्कलाई हराएको छ ।
शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४-२ गोल अन्तरले हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको १६ औं मिनेटमा स्टेभेन बेर्जविनले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २० औं मिनेटमा जानिक भेस्टरगार्डले गोल गर्दै डेनमार्कलाई १-१ को बराबरीमा ल्याए ।

खेलको २९ औं मिनेटमा नाथन एकेले गोल गर्दा नेदरल्यान्ड्स २-१ ले अघि रह्यो ।
खेलको ३७ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३-१ को बनाए ।
४७ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई ३-२ को स्थितिमा ल्याए ।

करिव ९ महिनापछि डेनमार्कको टिममा पुनरागमन गरेका उनले पहिलो खेलमै गोल गरेका हुन् । युरोकप दौरान हृदयघात भएपछि उनी टिममा थिएनन् ।
त्यसपछि खेलको ७१ औं मिनेटमा स्टेभेनले व्यक्तिगत दोस्रो गोल गर्दै नेदल्यान्ड्सलाई ४-२ को जित दिलाए ।