काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा जर्मनीले इजरायललाई २-० गोल अन्तरले हराएको हो ।
जर्मनीलाई जित दिलाउन काइ हार्भट्ज र टिमो वेर्नेरले एक एक गोल गरे ।
खेलको २६ औं मिनेटमा हार्भट्जले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए ।
त्यसपछि ८९ औं मिनेटमा जर्मनीका थोमस मुलरले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस्तै इन्जुरी समयमा इजरायलका कोहेन पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।