स्पेनको संघर्षपूर्ण जित
आइतबार, १३ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा स्पेनले अल्बानियालाई २-१ गोल अन्तरले हराएको हो ।
स्पेनलाई जित दिलाउन फेरान टोरेस र डानी ओल्मोले एक एक गोल गरे ।
अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए ।
खेलको ७५ औं मिनेटमा टोरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
८५ औं मिनेटमा उजुनीले गोल गरेपछि खेल १-१ को स्थितिमा पुग्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए ।
स्पेनको संघर्षपूर्ण जित







-1775701512962.webp&w=3840&q=75)





