नवराज चौलागाईं
निजगढ । ए डिभिजन क्लब न्युरोड टिम एनआरटी बारामा जारि १२ औं जितपुर सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा बिजय युथ क्लब मकवानपुरलाई अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित गर्दै एनआरटी अन्तिम चारमा पुगेको हो ।
बिजय युथ सुरुआती अग्रतालाई जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । १८ औं मिनेटमा अमिर श्रेष्ठको गोलसंगै बिजय युथले खेलमा अग्रता बनाएको थियो ।
तर, विजय युथले अग्रता लिएको ३ मिनेट नबित्दै २१ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याएका थिए ।
खेलको निर्धारित समय दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो मिनेट मै एनआरटीका मेसुके व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि अतिरिक्त समयको २५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई ३-१ गोलको जित दिलाए ।
खेलमा एनआरटीका मेसुके म्यान अफ द म्याच घोषित भए । म्यान अफ द म्याच घोषित उनले ५ हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत आईतबार हिमालयन शेर्पा र नेपाल एपीएफ क्लब बीच प्रतिस्पर्धा हुनेछ ।