• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बलिङ पक्षको दोष लिन्छु - सन्दीप
खेलपाटी संवाददाता
शनिबार, चैत १२, २०७८ खेलपाटी संवाददाता
बलिङ पक्षको दोष लिन्छु - सन्दीप
sandeep.jpg

काठमाडौं । घरेलु भूमिमा पपुवा न्युगिनी (पीएनजी ) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-० ले गुमाएपछी नेपालका कप्तान सन्दीप लामिछानेले बलिङ पक्षको जिम्मेवारी आफुले लिने बताएका छन् ।

शनिबार दोस्रो एकदिवसीयमा पाहुना टोली पीएनजीसँग ३ विकेटले पराजित भएपछी कप्तान सन्दीपले बलिङ पक्षको कमजोरीको जिम्मा आफुले लिने बताएका हुन् ।

पीएनजीका खेलाडीको साझेदारी तोड्न नसक्नुको कारण खेलमा पराजित हुनु परेको सन्दीपको बुझाई छ । मुख्य बलर गुलसन झाले चोट बोक्नुले समेत खेलमा असर गरेको सन्दीपले बताए ।

'गुलसनको चोटले हामीलाई पछि धकेल्यो । गुलसनले चोट बोकेपछि प्लाननै तलमाथि भयो । मैले २ ओभर फालिसकेपछि फ्रन्ट लाइन बलरले चोट बोके, त्यसपछि मेरो ओभर छोट्टियो,' सन्दीपले खेलपछि भने, 'खेलमा पहिल्यै एक बलर कम लिएर खेलेको अवस्थामा गुलसनको ९ ओभर बाँकी भयो । यस्तो हुँदा पक्कै पनि टिमलाई नोक्सान गर्छ।'

खेलको १३ औं ओभरमा पिडुलाको मासु फर्किएपछि गुलसन मैदानबाट बाहिरिएका थिए । चोट बोक्नु अघि उनले १ मात्र ओभर बलिङ गरेका थिए । गुलसनले चोट बोकेपछि उनको बाँकी ९ ओभर नेपाललाई सक्काउन कठिन हुने देखिएको थियो ।

'सबै खेलाडी तयार थिए र हामी पनि गर्न सक्छौं, आत्तिनु पर्दैन हामीलाई विश्वास गर भन्ने चरित्र सबैमा थियो,' गुलसनको बाँकी ओभर सक्काउन अन्य पार्टटाइम बलरले देखाएका चरित्रबारे सन्दीप भन्छन्, 'तर अन्तिममा रेगुलर इन्टरभलमा विकेट लिन नसक्नु,विपक्षिको साझेदारी बन्नु, मैले समेत साझेदारी तोड्न नसक्नु, मलाइ लाग्छ बलिङ साइडको ब्लेम म लिन्छु ।'

खेलको दोस्रो इनिङमा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । सोमपालले आफ्नो पहिलो तथा नेपालको लागि दोस्रो ओभरमा २ विकेट निकालेपछि नेपालले सानदार सुरुवात गरेको थियो । तर तेस्रो विकेटका लागि लेगा सिएका र चार्ल्स अमिनीले १० ओभरमा ६९ रनको साझेदारी र चौथो विकेटका लागि लेगा सिएका र सेसे बाउले १ सय १० रनको शतकीय साझेदारी गरेपछि नेपालले खेल हातबाट फुत्काएको थियो ।

 बलिङमा नेपालका सोमपाल कामीले ३ तथा पवन सरार्फले २ विकेट हात पारे । सन्दीपले १ विकेट लिए । बलरको कमि भएको खेलमा नेपालका भिम शार्की र कुशल भुर्तेलले समेत १/१ ओभर बलिङ गरेका थिए ।

शुक्रबार भएको पहिलो खेलमा पीएनजीले नेपाललाई ६ रनले पराजित गर्दै सिरिजमा अग्रता लिएको थियो । दोस्रो तथा अन्तिम खेलमा समेत पराजित हुँदा घरेलु भूमिमा नेपालले सिरिज गुमाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP