काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा पर्सिजाले भायाङकारा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा पर्सिजा बराबरीमा रोकिएको हो ।
खेलको २० औं मिनेटमा ताउफिक हिडायातले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए ।
तर,२५ औं मिनेटमा हेर्मन जुमाफोले गोल गर्दै भायाङकारालाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै पर्सिजा ४५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
भायाङकारा ६३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।