पोखरा । १५ औं संस्करणको वीटी कप पाँचौं विरेन स्मृति सेभेन ए साइड खुल्ला नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता चैत १८ देखि आयोजना हुने भएको छ ।
बुद्धटोल युवा क्लब बगरको आयोजनामा हुने प्रतियोगिता चैत २४ गतेसम्म पोखरा–१ बगरस्थित पुरानो टुडिखेल मैदानमा आयोजना हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
विजेताले १ लाख ५१ हजार १ सय ५१ र उपविजेताले ९१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै वेस्ट प्लेयरलाई ७ हजार प्रदान गरिने छ ।
वेस्ट गोलकिपर वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर र हाइस्कोररलाई समान ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक अमृत लामाले जानकारी दिए ।
खेलकुद क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले क्लबले स्थापनाकालदेखि नै फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको क्लबका अध्यक्ष विजया गुरुङले बताइन् ।
५० टिमको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि २० लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।