काठमाडौं । रियल मड्रिडका विंगर इडेन हाजार्डको शल्यक्रिया गरिने भएको छ ।
रियलले एक विज्ञप्ति निकाल्दै हाजार्डको चोटको शल्यक्रिया गरिने जनाएको छ ।
हाजार्डको दाहिने फिबुलामा रहेको ओस्टियोसिन्थेसिस प्लेट हटाउन शल्यक्रिया गरिने रियलले जनाएको छ ।
'आगामी दिनमा हाम्रा खेलाडी हाजार्डले आफ्नो दाहिने फिबुलामा रहेको ओस्टियोसिन्थेसिस प्लेट हटाउन शल्यक्रिया गर्नेछन्,' रियलले भनेको छ ।
शल्यक्रिया गर्ने भएपछि हाजार्डले च्याम्पियन्स लिग अन्तर्गत चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् ।