काठमाडौं । विश्वकप छनोट अन्तर्गत प्ले अफको पहिलो लेगमा इजिप्टले सेनेगललाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा इजिप्टले अफ्रिकन च्याम्पियन सेनेगललाई १-० ले हराएको हो ।
कायरोमा भएको खेलमा आत्मघाती गोलबाट इजिप्टले जित निकालेको हो ।
खेलको चौंथो मिनेटमा सालिउ सीसले आत्मघाती गोल गरेका थिए ।
जुन गोल इजिप्टको जितमा निर्णायक बन्यो ।
दुई टोलीबीचको दोस्रो लेग आगामी मंगलबार हुनेछ ।
विजेता टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।
विश्वकप छनोट प्ले अफ अन्तर्गत नै घाना र नाइजेरियाले गोलरहित बराबरी खेलेका छन् ।