काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेस्सीले एक एक गोल गरे ।
खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
७९ औं मिनेटमा डी मारियाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए ।
यस जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ ।
विश्वकपमा यस अघि नै छनोट भईसकेको अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा रहेको छ ।
भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।
