नवराज चौलागाईं
निजगढ । बागमती युवा क्लब सर्लाही बारामा जारि जितपुरसिमरा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा भरतपुर फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बागमती क्वाटरफाइनलमा प्रवेश गरेको हो।
खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा भरतपुर प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । १५ औं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै भरतपुरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २३ औं मिनेटमा दिनेश चाम्लिङ राईको गोलसंगै पहिलो हाफमा १—१ गोलको बराबरी खेल्यो ।
दोश्रो हाफमा भरतपुरले गोलका केहि अवसर सिर्जना गरेपनि सफल हुन सकेन । ८१ औं मिनेटमा प्रदिप लम्सालले गरेको निर्णायक गोलसंगै बग्मतो क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।
खेलको म्यान अफ द म्याच बाग्मती युवा क्लव सर्लाहीका दिनेश चाम्लिङ राई भए । म्यान अफ द म्याच घोषित राईले ट्रफी सहित ५ हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा शनिबार विजय युथ क्लब मकवानपुर र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।