• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टिभीएस किंग्स र तिलाठी कोइलाडीको जित
खेलपाटी संवाददाता
शुक्रबार, चैत ११, २०७८ खेलपाटी संवाददाता
टिभीएस किंग्स र तिलाठी कोइलाडीको जित

राजविराज । चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन शुक्रबार टिभीएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्।

सप्तरीको राजविराजमा  शुक्रबार भएको पहिलो खेलमा महबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजले रोहित कुमार सिंह कप्तानीको राजविराज द किंगलाई ३ विकेटले पराजित गरेको छ।

राजविराज द किंगले दिएको १२१ रनको लक्ष्य टिभीएस किंग्स राजविराजले १८.१ ओभरमा ३ विकेट क्षेतीमा भेटायो।

टिभीएस किंग्सको जितमा कप्तान महबुब आलमले सर्वाधिक ५४ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच घोषित आलमले  ३१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। पप्पु यादवले ११ रन योगदान दिए। ३१ रनमा ४ विकेट गुमेको अवस्थामा आलमले पप्पु यादवसंग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।  राजविराज द किंगको बलिंगमा अनिल यादव र रुपेश कुमार सिंहले २÷२ विकेट तथा फिर्दोश अन्सारी र चित्र बहादुर बिस्टले १÷१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको राजविराज द किंग्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२० रन बनाएको थियो। उसको लागि नन्दन यादवले सर्वाधिक ३० रन, फिर्दोश अन्सारीले २२ तथा रुपेश कुमार सिंहले ११ रन योगदान दिए। टिभीएस किंग्स राजविराजका बलर भुलावन सहानीले सर्वाधिक ३ विकेट, मनिष मण्डल र महबुब आलमले समान २ विकेट तथा बिशाल सुश्लिंग र पप्पु यादवले समान १ विकेट लिए।

दिनको दोश्रो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले बजाज खडक वारियर्सलाई २ विकेटले पराजित गर्यो। रोमान्चक खेलमा बजाज खडक वारियर्सले दिएको २०१ रनको लक्ष्य तिलाठी कोइलाडीले २ बल बाँकी रहंदा ८ विकेट क्षेतीमा भेटायो।

तिलाठी कोइलाडीको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र ७ छक्का प्रहार गरे। धमला खेलको प्लेयर अफ द म्याच घोषित भए। यस्तै भुवन कार्कीले ३०, बिकास दासले २०, रोहन विश्वकर्माले १९ तथा आशिष झाले १० रन बनाए। धमलाले आशिषसंग ६२ रनको ओपनिंग साझेदारी गरे। खडक वारियर्सका बलर राहुल मण्डलले ३ , गोमानंद अमात्य र रोबिन सिंहले २÷२ तथा अरनिको यादवले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा २०० रन बनाएको थियो। उसको लागि ओपनर मिनास थापाले सर्वाधिक ९३ रन योगदान दिए जुन क्रममा ६७ बलमा १३ चौका र ३ छक्का प्रहार गरे। यस्तै राहुल मण्डलले ३९, अविनाश कर्णले २९ तथा अरनिको यादवले २३ रन योगदान दिए। मिनासले अविनाशसंग ८३ रनको ओपनिंग  तथा राहुलसंग ७५ रनको दोश्रो विकेटको साझेदारी गरे। तिलाठी कोइलाडीका बलर भुवन कार्की, सुनिल धमला र अविशेक कार्कीले १÷१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछन्।  

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP