काठमाडौं । धादिङ र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
धुलिखेलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा धादिङले दोलखालाई ३–१ गोलले पराजित गर्यो । धादिङका कमला घले, रितु घले र सजिना राईले गोल गरे । दोलखाकी सम्झना पाण्डेले गोल फर्काइन् ।
दोश्रो सेमिफाइनलमा मकवानपुरले सिन्धुलीलाई ४–१ गोलले हरायो । मकवानपुरकी पूजा लामाले ह्याट्रिक गर्दा सन्जिता बमजनले १ गोल थपिन् ।
सिन्धुलीकी वितिशा बमजनले सान्त्वना गोल गरिन् । फाइनल शनिबार हुने छ । बक्सिङमा फाइनल समीकरण पूरा भएको छ ।