काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले विजयी सुरुआत गरेका छन् ।
चितवनको भरतपुरमा शुक्रबार पुलिसले विराटनगर महानगरपालिकालाई २-० ले हरायो ।
पुलिसको जितमा निर्मला उपाध्यायले दुई गोल गरिन् ।
यस्तै धनगढीले वालिङ नगरपालिकालाई ६-० ले हरायो ।
धनगढीको जितमा चन्द्रा भण्डारीले ४ गोल गरिन् । सिमा रावल र अन्जना राईले एक एक गोल थपिन ।
ललितपुरले चन्द्रपुर नगरपालिका रौतहटलाई १-० ले हरायो ।
ललितपुरको जितमा बिष्णु साम्बाहाम्फेले निर्णायक गोल गरिन् ।
महिला लिगमा ८ टिमको सहभागिता रहेको छ ।
लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।