काठमाडौं । घरेलु टोली भारतले साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
जमसेदपुरमा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-० ले पराजित भएपनि भारत च्याम्पियन बनेको हो ।
बंगलादेशको जित मोस्ट अक्लिमा खातुनले ७४ औं मिनेटमा निर्णायक गोल गरिन् ।
तर, गोल अन्तरमा अघि रहेको भारतले शीर्ष स्थानमा रहदै उपाधि जितेको हो ।
भारतले ४ खेलमा ९ अंक जोड्यो । बंगलादेशले पनि ४ खेलमा ९ अंक जोड्यो ।
तर, गोल अन्तरमा भारत शीर्ष स्थान रहेको हो ।
प्रतियोगितामा नेपाल जित विहीन बनेको थियो ।