काठमाडौं । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब सर्लाहीमा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम-११ लाई ३-१ गोल अन्तरले हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो ।
मछिन्द्रलाई जित दिलाउन विशाल राई, विमल घर्तिमगर र नुर्लान नुभ्रोजोभले एक एक गोल गरे ।
सुदुरपश्चिमका दिपेन्क राज ठकुरीले एक गोल फर्काए ।
अब फाइनलमा मछिन्द्रले मकवानपुरको पिप्ले युवा क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।