काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सरस्वतीले श्री भगवती क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ४४ औं मिनेटमा सनम धिमालले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए।
४८ औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा सनमले व्यक्तिगत दोस्रो गोल गर्दै सरस्वतीलाई २-१ को जित दिलाए ।
जितसँगै सरस्वतीले ८ खेलमा १५ अंक जोडेको छ।
सरस्वती दोस्रो स्थान उक्लिएको छ ।
श्री भगवतीले ८ खेलमा १३ अंक जोडेको छ ।