शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अब कहिले खेल्छ नेपाल ?

शुक्रबार, चैत ११, २०७८हिम बिक्रम केसी
अब कहिले खेल्छ नेपाल ?
Classic Tech Internet Ad

काठमाडौं । दोस्रो संस्करण सुरु हुन नपाउँदै फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को भविष्य अनिश्चित देखिएको छ । ए डिभिजन क्लबहरुको असन्तुष्टि, एन्फाको गैरजिम्मेवारीका कारण एनएसएलको दोस्रो संस्करण निर्धारित समयमै आयोजना नहुने पक्का भएको छ । 

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनी र सहभागी १० क्लबले बिहीबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यथास्थितीमा प्रतियोगिता आयोजना गर्न र सहभागीता जनाउन नसकिने प्रस्ट पारेका छन् । बुधबारको एन्फा बैठकको निर्णयबाट सशंकित बनेर एनएसएल र यसमा आबद्ध क्लबहरु पछि हट्ने निर्णय गरेका हुन् । 

एन्फाकै उच्च स्तरका पदाधिकारीबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु र दोस्रो संस्करणको समापनसँगै एनएसएलसँगको सम्झौता खारेज हुने निर्णयबाट फ्रेन्चाईज प्रतियोगिताको आयोजक र सहभागी क्लब डराएका हुन् । एन्फाकै जिम्मेवार पदाधिकारीले फ्रेन्चाईज प्रतियोगितालाई गोल्डकपको हैसियत दिनु र दोस्रो संस्करणको समापनसँगै एनएसएलको भविष्य अनिश्चित हुने देखिएपछि प्रतियोगिताको आयोजक र सहभागी टिम पछि हटेका हुन्। 

प्रतियोगिताको आयोजना र तयारीका लागि पर्याप्त समय नदिएको एनएसएलको गुनासो छ । एनएसएललाई दिएको समयमै अन्य गोल्डकप जुधाएर आफुहरुमाथि एन्फाका पदाधिकारी पुर्वाग्राही बनेको आरोप एनएसएलले लगाएको छ । प्रतियोगिता सञ्चालनका लागि सहजिकरण नभएको अवस्थामा प्रतियोगिता सञ्चालन र सहभागीतामा आफुहरु असमर्थ हुने आयोजक र सहभागी टिमको निष्कर्ष छ । 

एनएसएलले तत्काल प्रतियोगिता स्थगित गर्ने र एन्फाको आसन्न निर्वाचन पर्खने रणनीति अख्तियार गरेको छ । आयोजन टिम मात्र नभएर फ्रेन्चाईजमा आबद्ध क्लबले समेत प्रतियोगिताको दिर्घकालिन सुनिश्चितता खोजेका छन् । उनीहरुले दिर्घकालिन योजना भएमात्र अघि बढ्ने अडान राखेपछि बिहिबार संयुक्त रुपमा तत्काल प्रतियोगिता स्थगित गर्ने निर्णय सार्वजनिक गरिएको थियो । 

कोभिडको महामारीका बीच कर्पोरेट क्षेत्रको आबद्धता सहित सुरु भएको एनएसएलले पहिलो सिजनमै पर्याप्त चर्चा कमाएको थियो । पहिलो सिजनको सफलतासँगै आयोजकले दोस्रो सिजनमा तीन टिम थप गर्दै मोफसल र काठमाडौं गरि दुई स्थानमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको थियो । दोस्रो सिजनमा थपिएका टिमले टिमको नाम लिनका लागि मात्र ४८ लाख रुपैयाँसम्म खर्च गरेर थिए । यसले फुटबलप्रति व्यवसायीक घरानाको आकर्षण देखिन्छ । 

सहिद स्मारक ए डिभिजन लिग सञ्चालनकै अवस्थामा एनएसएलको मिति घोषणा भएपछि विवादको सुरुवात भएको हो । लिग सञ्चालनको अवस्थामा एनएसएलको मिति घोषणा भएपछि ए डिभिजनका ठुला क्लब असन्तुष्ट बनेका थिए । त्यसभन्दा अघि बढेर आफुसँग सम्झौतामा रहेका खेलाडीलाई अनुमती बिना एनएसएलका क्लबले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेपछि ए डिभिजनका क्लब आक्रोशित बने । अझ आफ्ना खेलाडीलाई अक्सनमा राखेर लिलामी गरेपछि अधिकांश क्लब विरोधमा उत्रिएका थिए । 

एन्फाको लापरबाही, एनएसएल आयोजकको अज्ञानता र ए डिभिजन क्लबको विरोधको त्रिकोणात्मक संघर्षमा फ्रेन्चाईज टिमहरुले दुख पाए । ए डिभिजनका क्लबसँग छलफल नगरि खेलाडीलाई अक्सनमा राख्ने एनएसएलको निर्णय प्रतियोगिताका लागि प्रत्युपादक बन्यो । एन्फाभित्र चल्ने घृषिण राजनीतिको सिकार एनएसएल बन्न पुग्यो । एन्फा, ए डिभिजनका क्लब र एनएसएलबीच पर्याप्त छलफल र साझेदारी नहुँदा घरेलु फुटबलमा फ्रेन्चाईज प्रतियोगिताको भविष्य अनिश्चित देखिएको छ । प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनी समेत विकसित पछिल्लो घटनाक्रमले अन्यौलमा देखिन्छ ।

‘भविष्यमा लामो यात्रा गर्ने हिसाबलेनै आएको हो । दुई चार वर्ष चलाउला भनेर आएको हैन । लामो समय सोचेर आएको हौं ।’ एनएसएलका निर्देशक श्रेयाङ्स कार्कीले खेलपाटीसँग भने, ‘हरेक कुरामा प्रश्न चिन्ह लगाएपछि गाह्रो भएको छ ।’ 

कार्कीले प्रतियोगिता आयोजनाका लागि एन्फाले सहज वातावरण वातावरण नबनाएको गुनासो गरे । ‘एउटा राम्रो प्रतियोगिता बन्न धेरै कुरा चाहिन्छ । नआवश्यक मिडियाबाजीले समस्या बनाउँछ ।’ कार्कीले भने, ‘हामीले हरेक कुरामा कम्परमाइज गरेका छौं । हाम्रो एउटै माग भनेको राम्रो प्रतियोगिता गर्न मिति समयमै देउ भन्ने मात्र हो ।’

एनएसएलले प्रतियोगिता गर्नका लागि भदौं असोजको नयाँ समय माग गरेको छ । दशैं अघि दोस्रो संस्करण आयोजना गर्ने आयोजकको सोच देखिन्छ । त्यस बेलासम्म एन्फामा नयाँ नेतृत्व आउने र म्यानडेट सहित आएको टिमसँग नयाँ सम्झौता गर्ने योजना एनएसएलमा देखिन्छ । एन्फाको आसन्न निर्वाचनबाट आउने नेतृत्वमै एनएसएलको भविष्य देखिन्छ ।
 

Bajaj Pulsar Motorcycle Ad
#एनएसएल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

Bajaj Pulsar Motorcycle Ad
भारतका सूर्यवंशीको सनसनी शतक

भारतका सूर्यवंशीको सनसनी शतक

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

फाइनल अघि कर्णालीले ललितपुरलाई हरायो

चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

विश्वकप २०२६ अघि रोनाल्डो कति खेल निलम्बनमा पर्लान्?

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट