काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत ब्वाईज युनियन क्लब र बाँसबारी युथ क्लबले अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा शुक्रबार भएको दोस्रो खेलमा ब्वाईज युनियन र बाँसबारीले १–१ गोलको बराबरी खेल्दै अंक बाडे ।
विनोद राईले ब्वाईज युनियनलाई ७६ औं मिनेटमा अग्रता दिलाएका थिए ।
तर निसान सुनारले बाँसबारीका लागि ८७ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
बराबरीपछि बाँसबारीले ८ खेलबाट १० अंक जोडेको छ ।
लिग तालिकाको पुछारमा रहेको ब्वाईज युनियनले भने ८ खेलबाट ५ अंक जोडेको छ ।