राष्ट्रिय तेक्वान्दो चैत १८ र १९ मा
शुक्रबार, चैत ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल तेक्वान्दो संघले चैत १८ र १९ गते १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
तेक्वान्दो संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ ।
२६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरुले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगिता आयोजनाका लागि करिब ३६ लाख रुपैया खर्च हुने संघले जनाएको छ ।
#प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहनेछ ।








-1753017726.jpeg&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
