काठमाडौं । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा टुसाल युथ क्लबले सानदार जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा टुसाल युथले वीरगन्ज युनाइटेड लाई ४–० गोल अन्तरले हराएको हो ।
टुसाल युथको जितमा एसपी जंग कार्की र ओम प्रकाश रोकाले दुइ–दुइ गोल गरे ।
एसपी जंगले टुसाल युथका लागि २४ औं मीनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
ओम प्रकाशले ६४ औं मिनेटमा गोल गर्दै टुसालको अग्रता दोब्बर बनाए ।
ओम प्रकाशले ६८ औं मिनेटमा अर्को गोल थप्दा एसपी जंगले ९० औं मिनेटमा गोल गर्दै टुसाललाई सानदार जित दिलाए ।
जितसँगै टुसाल युथले ८ खेलमा ११ अंक जोडेर छैठौं स्थानमा उक्लिएको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली ’ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।