काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेजले क्लबसँग सम्झौता नवीकरण गर्ने भएका छन् ।
पोर्चुगिज मिडफिल्डर लिस्बनबाट २०२० मा युनाईटेड आएका थिए । उनको सम्झौता अझै ३ वर्ष बाँकी रहेको छ ।
तर, सम्झौता नसकिदै फर्नान्डेजले नयाँ सम्झौता गर्न लागेका हुन् ।
उनी युनाईटेडमा थप पाँच वर्ष बस्न सहमत भएको बीबीसीले जनाएको छ ।
२७ वर्षीय फर्नान्डेजले युनाईटेडका लागि ७८ खेलमा ३५ गोल गरिसकेका छन् ।