काठमाडौं । उरुग्वे २०२२ को कतार विश्वकप फुटबलमा छनोट भएको छ ।
विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान पेरुलाई १-० गोल अन्तरले हराएसँगै उरुग्वेले विश्वकपको टिकट काटेको हो ।
उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे ।
उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ ।
उरुग्वे चौंथो स्थानमा रहेको छ ।
पेरु २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ ।
शुक्रबार बिहान इक्वेडर पाराग्वेसँग ३-१ ले पराजित भएको थियो ।