काठमाडौं । फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको हो ।
ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक एक गोल गरे ।
खेलको ४४ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा जुनियरले गोल गर्दै ब्राजिलको अग्रता २-० को बनाए ।

खेलको ७२ औं मिनेटमा कौटिन्होले पेनाल्टीमा गोल गर्दा ब्राजिलको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४-० को जित दिलाए ।
यस जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ ।
ब्राजिल शीर्ष स्थानमा रहेको छ ।
ब्राजिल यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।
चिली १९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।