काठमाडौं । कतार विश्वकप अन्तर्गत युरोपियन छनोटको प्ले अफ खेलमा वेल्सले अष्ट्रियालाई हराएको छ ।
बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २-१ गोल अन्तरले हराएको हो ।
वेल्सको जितमा कप्तान ग्यारेथ बेलले दुबै गोल गरे ।
खेलको २५ औं मिनेटमा बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
५१ औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६४ औं मिनेटमा मार्सल सबिट्जरले गोल गरेपनि अष्ट्रिया २-१ ले पराजित भयो ।
वेल्सले अब प्ले अफ सेमिफाइनलमा युक्रेन र स्कटल्याण्डबीचको विजेतासँग खेल्नेछ ।

छनोट प्ले अफ अन्तर्गत नै स्विडेनले चेक रिपब्लिकलाई १-० गोल अन्तरले हराएको छ ।
स्विडेनलाई जित दिलाउन रोबिन क्वाइसनले अतिरिक्त समयमा निर्णायक गोल गरे ।
अब स्विडेनले पोल्याण्डसँग खेल्नेछ ।